३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कांग्रेस सभापति देउवाद्वारा रामचन्द्र पौडेलको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।

वरिष्ठ नेता पौडेल फागुन २५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचितभएपछि कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट अलग भएको राजीनामा आज स्वीकृत गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुने गरी राजीनामा स्वीकृत गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति देउवाले कांग्रेसमा लामो समयसम्म आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी सङ्गठनमा नेता पौडेलले पु¥याएको योगदानको उच्च सम्मान र कदर गरेका छन् । सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनुहुने विश्वास लिँदै सम्माननीय राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : १५ बजे

शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बर्दिया । बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day