काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।
संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई नेता यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
यादवको प्रस्तावकमा सांसदहरू अशोककुमार राई, शक्ति बस्नेत, प्रदीप यादव, किशान श्रेष्ठ, रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, प्रकाश ज्वाला, खिमलाल देवकोटा, अम्बिका काफ्ले र भानुभक्त जोशी रहेका छन् ।
यादवले उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफु निर्वाचित भए मुलुकको संविधानको रक्षा र संवर्द्धन गर्ने तथा राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् ।
प्रतिक्रिया