३ आश्विन २०८१, बिहिबार | September 19, 2024

उपराष्ट्रपतिमा जसपाबाटै २ उम्मेदवार, जनमत पार्टीले पनि उम्मेदवारी दिने



काठमाडौं। सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा तीनवटा उम्मेदवारी दर्ता हुने भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुईवटा पार्टीको उम्मेदवारको नाम दर्ता गर्ने निर्णय भएको हो ।

‘अहिलेलाई जनता समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवारको नाम दर्ता गर्ने र त्यसैमा पछि ती दुवै मध्य एक नाममा सहमति खोजेर जाने निर्णय भएको छ,’ बैठकमा सहभागि आम आदमी पार्टीका अध्यक्ष प्रभु साहले भने ।

जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । पुरुषतर्फ जसपाका रामसहाय यादवको नाम पहिल्यै निश्चित भैसकेको छ भने महिला उम्मेदवार पनि जसपाले चयन गर्नेछ । निर्वाचन आयोगले पुरुष उम्मेदवार अस्वीकार गरेमा महिला उम्मेदवारलाई आधिकारिक बनाउने योजना जसपाको रहेको छ । यस्तै, जनमत पार्टीकी ममता झाको उम्मेदवारी पनि दर्ता हुने भएको छ।

निर्वाचन आयोगले रामसहायको उम्मेदवारी दर्ता गर्न अस्वीकार गरेमा जसपाले अर्को नामको उम्मेदवारी दर्ता गर्ने गरी बैठक सकिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ३८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको