३१ भदौ २०८१, सोमबार | September 17, 2024

काठमाडौंमा आज र भोली दोस्रो अर्थशास्त्री सम्मेलन



काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।

‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ ।

दुई दिने सम्मेलनलाई पहिलो दिन उदघाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र गरी विभाजन गरिएको आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने छन् ।

राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ । पहिलो दिनको उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरु, पूर्व अर्थमन्त्रीहरु, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरु, राष्ट्रबैंकका गभर्नर तथा पूर्व गभर्नरहरु, वरिष्ठ तथा उदयीमान अर्थशास्त्रीहरु, कामपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासङ्घका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागिता रहने बताइएको छ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ०९ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित