३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आज सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्नेभएको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आजैको प्रतिनिधिसभा बैठकमा यो विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

यसअघि संसदको अघिल्लो कार्यकालमा यो विधेयकमाथि छलफल भए पनि पारित हुन सकेको थिएन । विधेयकमाथि दफावार छलफल भएपनि एमाले, मानवअधिकार आयोग र द्वन्द्वपीडितहरुको विरोधपछि पुनः संसदीय समितिमा पठाइएको थियो ।

अहिले नयाँ प्रतिनिधिसभा गठन भएपछि सरकारले पुनः विधेयकलाई संसदमा पेश गर्न लागेको हो ।

मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ९ : ४८ बजे

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः

यस्तो छ आजको मौसम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र

ओमानसँग पनि नेपाल पराजित

काठमाडौं । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्ध पनि पराजित

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य