३ आश्विन २०८१, बिहिबार | September 19, 2024

संघीय र प्रदेशसभाका सांसदहरुलाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न गठबन्धनको निर्देशन



काठमाडौं । कांग्रेससहित ९ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न आग्रह गरेको छ ।

राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहेका छन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न गठबन्धनको कार्यदलले निर्देशन दिएको हो ।

मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो ।

गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनतम, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आवद्ध छन् ।

उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ४ : ३३ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको