काठमाडौं । साताको चौथो दिनकाे सेयर बजार कारोबा दाेहाेराे अंकले घटेको छ ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाईड्रोपावर शीर्ष स्थानमा छ। जसको आज ८ करोड ७२ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिबम सिमेन्ट र तेस्रोमा हिमालय डिस्टिलरीको रहेको छ ।
बुधबारको कारोबारमा सबै उपसुचकहरु उपसुचक घटेको छ। सबैभन्दा धेरै निर्माण प्रशोधन र माईक्रो फाइनन्सको २ प्रतिशतले कारोबार रकम घटेको छ । आजको कारोबारमा आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर भाउ १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया