२८ मंसिर २०८२, आइतबार | December 14, 2025

कोरोना संक्रमणका कारण दैलेखका एक पुरुषको निधन, कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रदेशमा अर्का एक व्यक्तिको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिकाका पुरुषको मृत्यु भएको हो ।

३५ वर्षीय ती पुरुषमा गत असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । क्षयरोगका बिरामी रहेका ती पुरुषको उपचारकै क्रममा गएराति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

यससँगै प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने देशभर २४ जनाले ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको पनि महाशाखाले पुष्टि गरेको छ ।

संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्। प्रदेशभर कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या ५६० पुगेको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ३३ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको