काठमाडौँ । राष्ट्रपति निर्वाचनआउन अव ९ दिन बाँकी छ । निर्वाचन आयोगले प्रकाशित कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । कार्यतालिका अनुसार आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन समेत गर्ने छ ।
आयोगले राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने गरि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको उम्मेदवारी परेको छ भने नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवार बनाएको छ । नेम्वाङको पक्षमा एमाले एक्लै चुनावी मैदानमा देखिएपनि उनलाई राजतन्त्रका पक्षधरहरुको साथ रहने देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेमकिपाले राष्ट्रपतिमा कुन दलका उम्मेदवारलाई सघाउने भन्ने विषयमा निर्णय लिइसकेका छैनन् भने राप्रपाले एमाले भन्दा अघि समर्थन फिर्ता संगै सरकारबाट बाहिरिइसकेको छ ।
उम्मेदवारद्धय विभिन्न राजनीतिक दल र शीर्ष नेताहरूलाई भेटेर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् । आठदलीय गठबन्धनले १९ गतेका लागि प्रतिनिधि र राष्ट्रियसभाका सबैदलका सांसदहरुसंग छलफल गर्ने कार्यक्रम राखेको छ ।
प्रतिक्रिया