काठमाडौं। राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन ।
आठ दलको साझा उम्मेदवारको रुपमा पौडेलले उम्मेदवारी दर्ता गराउन जानुअघि यस्तो बताएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेल उम्मेदवारी दर्ताको लागि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट निस्केका छन् ।
पौडेलले संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु ।’
आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन ।
प्रतिक्रिया