३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने ८ दलको निर्णय

नयाँ राजनीतिक यात्रा सुरुवात भयो : प्रचण्ड



काठमाडौं, १२ फागुन । सरकारको नेतृत्व गरेको नेकपा माओवादी, नेपाली कांग्रेससहित ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको दलहरुको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावलाई सबै दलहरुले समर्थन गरेका थिए । यसअघि राष्ट्रपतिमा आफ्नो समेत दाबी गर्दै आएको नेकपा एकीकृत समाजवादीले समेत प्रचण्डको प्रस्तावलाई समर्थन गरेपछि सबै दलहरुबीच समर्थन जुटेको थियो ।

बैठकमा चुनाव पूर्वको गठबन्धनका पाँच दल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए ।

बैठकमा प्रचण्डले आजैबाट नयाँ राजनीतिक यात्रा सुरुवात भएको बताएका थिए । बैठकपछि एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले भने, ‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो । ’

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ०८ बजे

‘काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’

काठमाडौं । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको

एक राउटे युवकको मृत्यु, अब नेपालमा राउटेको संख्या १३४

सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ ।

National Day Concert’ at Durbarmarg

Kathmandu: On the occasion of Constitution Day, a ‘National Day

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी

काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको