११ मंसिर २०८१, मंगलबार | November 26, 2024

वेस्ट बैंकमा विद्रोही लक्षित इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु, १०० घाइते



जेरुसेलम । इजरायली सेनाले वेस्ट बैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तिमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् । इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गर्दा सो घटना भएको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भीडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भीडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ। हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आइडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ। इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए । त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तिमा १०२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : १७ बजे

पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ

पर्सा । पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न

पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम

व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

बाँके । जानकी गाउँपालिका-२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी

सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको