३१ भदौ २०८१, सोमबार | September 17, 2024

देउवाद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग छ्टाछुट्टै भेट



काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् ।

पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुगेका हुन् ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई शीर्षनेता लिएर देउवा भेट्न पुगेका हुन् ।

एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबेदारी गरिरहेको कांग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही पुगेका हुन् ।

ओलीले राखेको प्रस्तावमा आफूले विश्वास गर्न नसकेको बैठकमा बताएका अध्यक्ष नेपाल देउवा भेट्न पुगेका हुन् ।

दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरु बसिरहेका छन् ।

यसअघि, देउवा र जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको थियो।

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको हो ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : २१ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित