९ आश्विन २०८१, बुधबार | September 25, 2024

१३ अर्ब बढीको ट्रेजरी बिलको राष्ट्र बैंकले बोलकबोल गर्ने



काठमाडौं ।  केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेवाट सुरू गर्न लागेकाे हाे  ।

यसअघि नै जारी सुचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो ।

बैंकका अनुसार कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्दीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ३३ बजे

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

नेपालगन्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको रकम सहित २ जनालाई

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधार : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

माओवादीले तोक्यो सुपका ९ जिल्ला इन्चार्ज

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ

मधेशका मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको काम

जनकपुरधाम । मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको