२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

‘पिरिम नलाउने’ गीतको १० करोड भ्युज, केक काटेर खुशियाली



काठमाडौं । गायक आशिष सचिन र गायिका मेलिना  राईको स्वर रहेको ‘पिरिम नलाउने’ बोलको गीतको भिडियोले युट्युबमा १० करोड  भ्युज पाएकोमा खुशियाली मनाइएको छ । पिरिम नलाउने टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र ओएसआर डिजिटलका महाप्रबन्धक ओम अग्रवालको हातबाट केक काटेर १० करोड भ्यूज पाएकोमा खुशीयाली मनाएको हो ।

सो अवसरमा बोल्दै वरिष्ठ संगीतकार बास्कोटाले निर्माण युनिटको खुलेर तारिफ गर्दै मनमुटुमा बस्न सफल गीत नेपाली दर्शकलाई दिनु प्रशंसाको विषय भएको बताए । उनले गायक आशिष र संगीतकार दीपक शर्माको जमेको जोडीको पनि प्रशंसा गर्न छुटाएनन् । कार्यक्रममा बोल्दै गायक आशिषले १० करोड क्लब तथा नेपालको सबैभन्दा बढी हेरिनेमा चौथो स्थानमा आफ्नो गीत पर्दा खुशीको सिमाना नरहेको बताए । उनले  ‘पिरिम नलाउने’  को सफलताले अझै राम्रो गीत दिनुपर्ने जिम्मेवारी थपेको बताए ।

त्यस्तै संगीतकार शर्माले आफ्नो सृजना पिरिम नलगाउने सबैको प्रिय बन्दा आँफु पनि सबैको मन मनमा जोडिन पाएकोमा खुशी ब्यक्त गरे । भिडियोका निर्देशक सुब्रतराज आचार्यले आफूलाई फेरि पनि यस्तै काम गर्न मन लागेको भन्दै ५ वर्षअघि भिडियो छायांकन गरिएको फर्पिङको डाँडाको नाम नै पिरिम नलाउने डाँडो राखिएको रोचक किस्सा सुनाए । गायक हिमाल सागर, वरिष्ठ फिल्म सम्पादन नरेन्द्र खड्का लगायतको उपस्थिति रहेको कार्यक्रममा  गीतसँग सम्बन्धित सबै पक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको पिरिम नलाउनेमा नायिका वर्षा राउतसँगै गायक आषिशको अभिनय रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज, उत्सब दाहालको छायांकन, नबिन निरौलाको सम्पादन रहेको छ । जसमा गम्भिर विष्टको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ४३ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको