२८ मंसिर २०८२, आइतबार | December 14, 2025

मुस्ताङमा पनि छि-यो कोरोना, गण्डकीमा ५० नयाँ संक्रमित थपिए



पोखरा । गण्डकी प्रदेशमा थप ५० जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिमाल पारिको जिल्ला मुस्ताङमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । मुस्ताङको घरपजोङ गाउँपालिकाका एक जनालाई संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ जारि गरेको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा मुस्ताङसहित नयाँ ५० जना संक्रमित थपिएका हुन् ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ ।

थप भएका नयाँ संक्रमितहरुमा सबैभन्दा धेरै बागलुङमा २९ जना रहेका छन् ।

जसमध्ये, गलकोट नगरपालिकाका ८ जना, बागलुङ नगरपालिकाका ६ जना, बडिगाड गाउँपालिकाका ३ जना, ताराखोला गाउँपालिकाका ८ जना र ढोरपाटन नगरपालिकाका १ जना रहेका छन् ।

यसैगरी, तनहुँको व्यास नगरपालिकाका २ जना रहेका छन् भने नवलपरासी पूर्वका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमित अहिलेसम्म सम्बन्धित पालिकाको क्वारेन्टाइनमै रहेका छन् । उनीहरू सबैलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ०६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%