३१ भदौ २०८१, सोमबार | September 17, 2024

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन



काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ ।

गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम) गठन गरेको थियो ।

सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि बढाउनुका साथै विधानलाई अन्तिम रूप दिएर आइतबार कार्यकारी समितिको नामावली सार्वजनिक गरेको हो । भारतका पत्रकार आशीष गुप्ताको अध्यक्षतामा १८ सदस्यीय कार्यकारी समिति गठन गरिएको छ ।

मञ्चको कार्यकारी उपाध्यक्षमा करामोत उल्लाह विप्लव (बङ्गलादेश), उपाध्यक्षत्रयमा महिन्दा पाथिराना (श्रीलङ्का), श्रीराम सुवेदी (नेपाल) र मोहम्मद रबनावाज चौधरी (पाकिस्तान) रहेका छन । महासचिवमा असदुज्जमान सम्राट (बङ्गलादेश), सहायक महासचिवद्वयमा भीष्मराज ओझा (नेपाल) र राई मुनाब्बर (माल्दिभ्स) तथा कोषाध्यक्षमा मासुम बिल्लाह (बङ्गलादेश) रहेका छन ।

त्यसैगरी मञ्चको कार्यकारी सदस्यमा सिके नायक (भारत), कुन्तक चटर्जी (भारत), सुनितकुमार भुयान (भारत), रिञ्जिन वाङ्चुक (भुटान), इमरान वाई चौधरी (पाकिस्तान), केजे फैजा गिलानी (पाकिस्तान), केलुम बन्दारा (श्रीलङ्का), प्रगति ढकाल (नेपाल) र रफिकुल इस्लाम सबुज (बङ्गलादेश) रहेका छन ।

सार्क सचिवालयबाट मान्यता दिलाउन प्रक्रिया अघि बढेको मञ्चले जनाएको छ । यसैगरी सार्कका सबै देशले आ-आफ्ना च्याप्टर गठन गर्न सक्ने विधानमा उल्लेख छ । मञ्चको मुख्यालय बङ्गलादेशको ढाकामा रहने महासचिव सम्राटले बताए । उच्चतम हिमाल, पहाडी भू-भाग, समथर भूमिसहित सामुद्रिक क्षेत्रसँग जोडिएको दक्षिण एसिया जलवायु परिवर्तनका कारण हुने जोखिममा अग्रपङ्क्तिमा आउँछ । यही चुनौतीलाई सम्बोधन गर्ने दिशामा सञ्चारमाध्यमको भूमिकालाई सशक्त पार्न यो संस्थाले काम गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १२ : ४० बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित