५ आश्विन २०८१, शनिबार | September 21, 2024

अनाथ बालिकाको जन्मोत्सवमा आश्रममा सांगितीक कन्सर्ट



काठमाडौं । अनाथ बालिकाको जन्मोत्सवको अवसर पारेर नेपालका राष्ट्रिय कलाकारहरुले तुलसालय आश्रममा सांगितीक कन्सर्ट प्रस्तुत गरेका छन् । उनीहरुले ललितपुरको नख्खुडोलमा अवस्थित तुलसालय अनाथ आश्रममा रहेकी स्तुती मठको प्रथम जन्मोत्सवका अवसरमा सोही आश्रममा सो प्रस्तुति दिएका हुन् ।

सातौँ छोरीका रुपमा जन्म दिएको केही मिनेटमा उनकी आमाको निधन भएपछि २० दिनकी स्तुतीलाई गत वर्ष हुम्लाबाट ल्याइ सो आश्रमले लालनपालन गरिरहेको छ । शनिबार आश्रमका अरु बालबालिका, अनाथ बृद्ध बा आमा तथा समाजसेवी र शुभचिन्तकहरुको उपस्थितिमा सो कन्सर्टका साथ जन्मोत्सव मनाइएको थियो । समाजसेवी बिमला आठपरिया राई र वरिष्ठ कलाकार दीपक पाठकको संयोजकत्वमा सो सांगितीक समारोहको आयोजना गरिएको हो ।

सो कन्सर्टमा कलाकारहरु दीपक पाठक, वशन्ती लामा, एलिसा राई, मुस्कान राईले आफ्ना प्रस्तुति दिएका थिए । उनीहरुको सांगितीक प्रस्तुतीमा आश्रमका बालबालिका तथा बृद्ध बाआमाहरु निकै रमाएका थिए ।

कलाकार दीपक पाठकले अनाथ आश्रममा रहेका नानीबाबुहरुलाई मनोरञ्जन दिनका लागि मात्र नभएर उनीहरुका लागि पनि कलाकारहरुले समय दिनुपर्छ र आफ्ना प्रस्तुतीहरुबाट अनाथ नानीबाबुहरुप्रति शुभकामना दिनुपर्छ भन्ने सन्देशका साथ सो कन्सर्टको आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक राधादेवी शर्मा चालिसेले अनाथ आश्रमका बालबालिका तथा आमाबाहरुको जन्मदिनमा पनि आफूहरुलाई सम्झिएर निमन्त्रणा गर्ने र यस्तो कार्यक्रमको आयोजना गरी जन्म दिन मनाउने संस्कारको थालनी गर्ने तुलसालय परिवारको कार्यको प्रशंसा गरे ।

सो आश्रम सञ्चालक संस्था तुलसादेवी हरिहर फाउन्डेशसनका अध्यक्ष सरु सुवेदीले अनाथहरुका पनि समाजमा कोही छन् र उनीहरुले पनि मनोरञ्जन र माया पाउनुपर्छ भन्ने सन्देश दिनका लागि सांगितीक प्रस्तुति दिने कलाकार र उपस्थित सबैमा विशेष धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ५४ बजे

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले