३१ भदौ २०८१, सोमबार | September 17, 2024

देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न



देवदह । देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले सचेतना नहुँदा महिला हिंसा बढिरहेको बताइन । उनले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिइन । उनले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिइन ।

कार्यक्रममा साईवर क्राईमको बारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्यार्थीहरुलाई सचेतना गराएका थिए । यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएकि थिइन । ईसा अर्यालको सञ्चालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ४ : ०६ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित