२८ मंसिर २०८२, आइतबार | December 14, 2025

थानेश्वर गौतमको ‘जिउने चाहना’ मा डाक्टर रमिल र केकीको अभिनय



काठमाडौं ।  डाक्टर रमिल अधिकारीको जिउने चाहना बोलको गजल सार्वजनिक भएको छ । डाक्टर अधिकारीको शब्द शृजना रहेको गजल उनले आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

जसमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ भने भिडियोमा गीतकार स्वयम र नायिका केकी अधिकारीको अभिनय देख्न सकिन्छ । गजलमा दुई डाक्टरको रोमाञ्चक प्रेम कहानीलाई देखाइएको छ । जसमा नायिका केकी पनि डाक्टरकै भूमिकामा छिन् ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।

गीतकार पोखरेली युवा डाक्टर अधिकारी  न्युजल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको  स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतका रुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १२ : १० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको