१२ आश्विन २०८१, शनिबार | September 28, 2024

अपाङ्गता महिला संघ रुपन्देहीको साधारण सभा सम्पन्न, ‘अपाङ्गता अधिकारका लागि स्थानीय तह सचेत छ’



बुटवल । अपाङ्गता महिला संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा गरिएको हो ।

संस्थाका अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले अपाङ्गता अधिकार शुनिश्चिताका लागि आफुले जहिले पनि सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाएका थिए । उनले अपाङ्गता महिला संघले परिकल्पना गरेको भवन निर्माणको लागि जग्गा व्यवस्थापन लगायतका लागि आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

बुटवल उपमहानगरापलिकामा रहेका अपाङ्गता भएका व्याक्तिहरुको तथ्यांक संकलन देखि अन्य काममा समेत नगरपालिकाले जहिले पनि सकारत्मक पहल गरेको जानकारी दिदै उनले संघले अभियानको रुपमा सुरुवात गरेको अभिभावक विहिन अपाङ्गता भएका महिलाहरुको साझा घरको लागि आफुले पहल गर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता अधिकारको लागि जहिले पनि पैरवी गर्दै आएको जानकारी दिदै हक, अकिार शुनिश्चितका लागि जहिले पनि सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाए । उनले अहिले पछिल्लो समयमा स्थानीय तह केन्द्रीय अपाङ्गता सम्बन्धी काम हुने गरेको जानकारी दिदै जसको लागि सबै निकायमा अपाङ्गता भएका व्याक्तिहरुको संघ संस्थाले निरन्तर खबरदारी सहित बजेट माग गरी सोही अनुसार लक्षित समुदायको पक्षमा काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का पुर्व जनप्रतिनीधी बबिता आचार्य, खेलकुद प्रशिक्षक चन्द्रकान्त आचार्य, सेतो गुरो बाल सेवा केन्द्र बुटवलका अर्जुन तामाङ्ग, स्वालम्बन अपाङ्गता शशक्तिकरण संस्थाका अध्यक्ष रजिता रेग्मी, रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष सुवि गुरुङ्ग लगायतकोे आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सचिव पार्वती न्यौपानको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४१ बजे

डेङ्गी नियन्त्रणको नीति बनाउन कार्यदल गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेङ्गी रोकथाम

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

दमौली । दुई दिनदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा

नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध

काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं-मुग्लिन

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने