८ आश्विन २०८१, मंगलबार | September 25, 2024

अर्थतन्त्रको जर्जर अवस्था सुधार्ने जिम्मेवारी बोकेर तेस्रो पटक अर्थमन्त्रालय सम्हाल्दै विष्णु पौडेल



काठमाण्डौं । अर्थतन्त्र जर्जर भएर देशमा ब्यापक आर्थिक मन्दीको प्रभाव देखिनै थालेका बेला अर्थमन्त्रीका रुपमा पुनः विष्णुप्रसाद पौडेल नियुक्त भएका छन् । सातौं पटक मन्त्री बेनेर सरकार संचालनको अनुभव बटुलेका पौडेल अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला नेपाल सरकारमा तेस्रो पटक अर्थमन्त्रीकारुपमा सत्तारोहण गरेका हुन् । चमत्कारिक रुपमा प्रचण्डको ‘यु टर्न’ बाट बनेको सरकारको अर्थमन्त्रीको जिम्मेवारी पौडेलको लागि अवसर भन्दा बढी चुनौतीकारुपमा देखिएका छन् ।

विसं २०५३ साल देखि नै बिभिन्न मन्त्रालय सम्हाल्दै सरकार संचालनको अनुभव बटुलेका पौडेलको अर्थमन्त्रीको जिम्मेवारी भने तेस्रो पटक हो । पहिलो अर्थमन्त्रालय संचालनमा नै अब्बल कला कौशलता देखाएका पौडेललाई डा. बाबुराम भट्टराई पछिको सफल अर्थमन्त्रीकारुपमा पनि चिन्ने गरिन्छ । पौडेलले पछिल्लो पटक केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित सरकारमा २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्रीको रुपमा काम गरेका थिए भने ओलीकै प्रधानमन्त्रीत्वमा २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म पनि उनी अर्थमन्त्रीको जिम्मेवारीमा थिए । दुबै पटक अर्थमन्त्री हुँदा नेपाली अर्थतन्त्र र आर्थिक विकासलाई नयाँ मोड दिने गरी बजेट बनाएको, सन्तुलित र पारदर्शी प्रणालीहरुको विकास गरेको र विकास र बजेट कार्यान्वयनमा पनि सफलता हासिल गर्न सक्ने अर्थमन्त्रीकारुपमा पौडेलले पहिचान बनाएका छन् ।

समन्वयकारी भूमिकामा अव्वल नेताकारुपमा परिचित र शालिन स्वभावका मानिने पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन् । अघिल्लो पटक एमाले र माओवादी मिलाएर नेकपा बनाउने सुत्राधारकारुपमा पनि पौडेललाई धेरैले चिन्ने गर्दछन् । पछिल्लो समयमा एमाले र माओवादी अलग अलग हुने अवस्थामा पुग्दा धेरै नेताहरुले खुसी मनाइरहँदा पौडेलले भने नेकपा फुट्नबाट जोगाउन अन्तिम अवस्था सम्म प्रयत्नरत थिए । फुटको संघारमा पुगेका बेला अन्तिम प्रयास स्वरुप तत्कालिन अवस्थामा निर्णायक भूमिकामा रहेका बामदेव गौतमको घरमा खाना खान पुगेकै कारण पौडेललाई एमालेकै एक समूहले कर्णरमा पार्ने प्रयास गरेपनि पौडेल अविचलित ओली मिशन सफल बनाउन लागिरहे । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र रहँदै आएका पौडेल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट बिजयी भएका हुन् ।

यस पटकपनि पछिल्लो शुक्रबार एमाले अध्यक्ष केपी ओली सहित शिर्श नेताहरु काठमाडों बाहिर बिभिन्न कार्यक्रममा सरिक हुन पुग्दा काठमाडौमा बसेर पौडेलले राजनीतिक घटना क्रमलाई नजिकबाट नियालिरहेका थिए । उनी रुपन्देहीका पूर्व निर्धारित कार्यक्रम छाडेर काठमाडौंमै बसेर राजनीतिलाई अनुकुल बनाउने प्रयत्नमा लागिरहेका देखिन्थे । एमाले अध्यक्ष र माओवादी अध्यक्षबीच कटु शब्द आक्रमण हुँदा पनि समन्वयात्मक भूमिकामा रहेका पौडेलले दाहालसँग सुमधुर सम्बन्ध राख्न सकेकै कारण मंसिर ४ गते भएको निर्वाचनमा ठूलो दल भएको नेपाली काग्रेसबाट सत्ताको साँचो खोसेर नेकपा एमालेमा ल्याउन सकिएको हो पनि भन्न थालिएको छ ।

अर्थतन्त्र सुधारमा पौडेलसँगको अपेक्षा

पौडेलमाथि अर्थतन्त्रको ज्ञान नभएको भन्ने आरोप रहेपनि उनको ३ वटा अर्थमन्त्रालय चलाउँदाको अनुभव नियाल्दा पौडेल विज्ञहरुको ज्ञानलाई आफु अनुकुल उपयोग गर्न माहिर सिद्द भइसकेका छन् । बिज्ञहरुसँग सम्बन्ध बनाउनु, उनीहरुको विज्ञतालाई उपयोग गर्नु र गलत सल्लाहबाट जोगिन सक्नु पौडेलको अकोर्् विशेषता हो । पछिल्लो अर्थमन्त्री सम्हाल्दा अर्थ विज्ञकारुपमा प्रख्यात डा. युवराज खतिवडाको चौतर्फि आलोचना हुँदा पौडेल भने आलोचनाबाट बच्न सफल भएका थिए । राजनीतिक यात्रामा पौडेल बालुवाटार जग्गा प्रकरणमा बाहेक अन्य प्रकरणमा मुछिएका छैनन् । त्यस प्रकरणमा पनि चर्चा चले लगत्तै जग्गा फिर्ता गरेर पौडेलले आफुलाई चोख्याउने प्रयत्न गरेका थिए ।

वर्तमान अवस्थामा अर्थमन्त्री बनेका पौडेललाई विगतको जस्तो सहज अवस्था भने छैन । राष्ट्रिय र अन्तराष्ट्रिय कारणले अर्थतन्त्र चुनौतिपूर्ण रहेको वर्तमान अवस्थामा अर्थमन्त्रालय पुनः नेतृत्व गर्न आएका पौडेललाई यसपाली अवसर भन्दा चुनौतिका पहाड बढी छन् । अर्थमन्त्रालय र राष्ट्र बैंकबीच उत्पन्न विवाद मिलाउन देखि राष्ट्रिय अर्थतन्त्रलाई जागृत गर्न त्यती सजिलो छैन । अर्थतन्त्र आधारको दिगो विस्तार भन्दा पनि उपकरणीय परिचालनको निर्भर हुन पुगेको छ जुन अत्यन्तै अल्पकालीन र नकारात्मक हो ।

न्यून राजश्व संकलन, तरलता अभाव, , कमजोर सरकारी वित्त परिचलानजस्ता नकारात्मक अवस्था देखि राष्ट्रिय पुँजी निर्माणमा सिथिलता, जनताको खस्कदो क्रय शक्ति नयाँ उद्यमशीलता अवरुद्ध जस्ता चुनौति पनि पौडेलले सामना गर्नु पर्ने छ ।

को हुन् विष्णु पौडेल ?
२०१६ मंसिरमा स्याङ्जाको पुतलीबजारमा जन्मिएका पौडेल १८ वर्षकै उमेरबाट राजनीति सुरु गरेका हुन् । भिनाजु नाता पर्ने गोपिरमण उपाध्यायबाट राजनीतिक ज्ञान लिएका पौडेललाई पुर्णकालिन राजनीतिमा भने प्रदिप नेपालले अगाडि बढाएका थिए । २०३७ असार १२ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) का दस्तावेजहरु सहित भैरहवाबाट गिरफ्तार भएपछि उनले राजकाज मुद्धामा ३ बर्ष कारागार चलान भएका थिए । २०३७ भदौ १ गते विहान ४ः३० बजे भैरहवा जेलबाट बिद्रोह गरी भाग्ने मध्यमा पौडेल पनि एक जना हुन् ।

२०५१ माघ २७ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय संगठन विभागको सदस्य, सचिव र प्रमुखको जिम्मेवारी बहन गर्दै आएका पौडेल २०५३ मा पार्टीको उद्योग व्यवसाय विभागको प्रमुख, २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख र २०६६ असारमा संसदीय विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए भने २०५६ मा पार्टीको केन्द्रीय कार्यालय सचिव बनेका थिए ।

पौडेल २०७५ जेठ ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिव बनेका थिए ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ५ : ३४ बजे

क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

काठमाडौं । क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम