२७ पुस २०८१, शनिबार | January 11, 2025

फिफा विश्वकप फुटबल-२०२२ : फाइनल भिडन्त आज, उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल खेलमा उपाधिका लागि आज साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ ।

कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

यो रंगशालाको दर्शक क्षमता करिब ८९ हजार छ । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गरेका थिए ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । यसमध्ये अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो ।

यता फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

फ्रान्सले रूसमा भएको विश्वकपको पछिल्लो संस्करणमा क्रोएसियालाई ४-२ ले हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २२ बजे

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काई डाइभिङ

पोखरा । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका

‘सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस(एमालेबीच सरकार

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी

अनुगमनलाई तिब्रता दिन प्रदेश स्तरीय संयन्त्र निर्माण गरिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपभोक्ताको हित संरक्षण