२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

लुम्बिनीमा दुई महिनामा ६१ लाख दानको रकम संकलन



भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकिएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो ।

आन्तरीक र वाह्य पर्यटकको संख्या बृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले जानकारी दिए ।

अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटटै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि हुन थालेको छ ।

अहिले लुम्बिनी भ्रमणको सिजन समेत शुरु भएकाले छिमेकी देश भारत सहित थाईलेण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरीक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् ।

यस्तै नोभेम्र महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्यमुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन । नोभेम्रमहिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ । भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ०२ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको