३१ भदौ २०८१, सोमबार | September 17, 2024

सिद्धार्थनगरको सडक र फुटपाथ अतिक्रमण हटाइदै



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सडक र फुटपाथ अतिक्रमण हटाउने क्रम जारी राखेको छ ।

सडक र फुटपाथ अतिक्रमण हटाउनका लागि पालिकाले नगर प्रहरी परिचालन गरेको छ । बिहीबार नेपाल प्रहरीको समन्वयमा पालिकाबाट खटिएको नगर प्रहरीले नगर क्षेत्रको सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको विभिन्न साम्रगी नियन्त्रणमा लिएको छ । त्यस्तै संरचना हटाइएको छ ।

सडक र फुटपाथ अतिक्रमण गरेर राखिएको एक थान मोटरसाइकल, ठेला, काठ, विभिन्न प्रकारका साइन बोर्ड, फर्निचरलगायतका साम्रगी नियन्त्रणमा लिइएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरी प्रमुख मनोज मल्लले बताए ।

‘हामीले विगत केही महिनादेखि सडक र फुटपाथ अतिक्रमण गर्न नगर प्रहरी खटाएर सबैलाई सचेत गराउँदै आएका थियौ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले भने, ‘अटेर गरिरहेका उपर अब कारवाही प्रक्रिया सुरु गरेका छौं ।’

नियन्त्रणमा लिइएका साम्रगी लिन आउने व्यवासायीको व्यवसाय सम्बन्धिका कागजात समेत हेर्ने गरिएको छ । यदि केही कैफियत देखिएमा त्यस उपर पनि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : १५ बजे

रवि लामिछाने भन्छन् – समितिले मैले सहकारी ठगि नगरेको प्रमाणित गरेको छ

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय समितिले

रुपन्देहीको तिलोत्तमामा झोलाभित्र भेटियो एक युवाको शव

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ

कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति

चालु १६औँ अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाले चालु १६औँ अधिवेशनमा १२ वटा विधेयक पारित