१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

कमजोर बन्दै नेपाली मुद्रा



काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍।३६ रुपैयाँ तथा खरिद दर १३१।७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ।

नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ वृद्धिले सुधारको क्रममा रहेको शोधनान्तरमा फेरि दबाब पर्ने चिन्ता अर्थशास्त्रीहरूको छ । यद्यपि पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह बढ्दै गएमा यसले सहजता आउने समेत आशा देखिएको छ ।

अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा (नेरु) फेरि कमजोर बनेको हो। गत ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको थियो।

पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले डलरको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारुसँगै नेपाली मुद्रा कमजोर भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ। स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। अहिले पनि त्यही भएको हो।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ अमेरिकी अर्थव्यवस्थामा माग घटाउने प्रयासस्वरुप गत मार्च २०२२ बाट ब्याजदर बढाउन केन्द्रीत छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार फेडरल रिजर्भले यसै साता ५० आधार अंकको दर वृद्धिको घोषणा गर्ने सम्भावना छ, जसले सन् २०२२ को कुल दर वृद्धि बढाएर ४२५  आधार अंक पुग्ने आकलन गरिएको छ ।

उच्च अमेरिकी ब्याजदरले विश्वका ठूला पूँजी सबैभन्दा ठूलो अर्थव्यवस्थातर्फ जाने देखिन्छ ।  जसले भारतीय मुद्रा जस्ता उदीयमान बजारका मुद्रामा दबाब बढाउँछ । यसले नेपाली मुद्रालाई प्रत्यक्ष असर पुर्‍याउँछ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ९ : ४९ बजे

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

पाल्पा । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै

बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता

रुपन्देही उद्योग संघले तीन दिन स्थापना दिवस मनाउने

बुटवल । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन