८ माघ २०८१, मंगलबार | January 21, 2025

समानुपातिक सांसद चयनका विषयमा रास्वपामा विवाद, असन्तुष्टले बजाउन थाले घण्टी



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयमा विवाद सुरु भएको छ ।

केही महिना अघि मात्रै गठन भएको रास्वपाले पहिलो पटक चुनाव लडेरे समानुपातिक प्रणालीअन्तर्गत १३ सिट प्राप्त गरेको छ । यही सिट बाँटफाँटको विषयमा नेताहरुबीच विवाद देखिएको हो ।

रास्वपले समानुपातिकममा पर्नको लागि पार्टीको आन्तरिक प्राइमरी इलेक्सन गराएर नाम संकलन गरेर बन्द सूची तयार गरेको थियो । तर, अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुलाई माथि ल्याएर सांसद बनाउन खोजिएको भन्दै बन्दसूचीमा नाम रहेकाहरुले विरोध गरेका छन् । उनीहरुले बसुन्धरास्थित पार्टी कार्यालयमा धर्नादिँदै घण्टी बजाउन सुरु गरेका छन् ।

निर्वाचन आयोगले बिहीबार मात्रै दलहरुलाई सिट संख्या विभाजन गरेर तीन दिनभित्र आयोगमा सांसदहरुको नाम बुझाउन पत्राचार गरेको थियो । यसअघि बुझाएको बन्दसूचीबाट क्लस्टरअनुसार नाम मिलाएर दलहरुले आयोगलाई नाम पठाउनुपर्ने हुन्छ ।

प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरुले चुनावको बेला नेताको अघिपछि हिँडेर अहिले सांसद बन्न चलखेल गरेको र केही नेताहरुले चलखेल गरेको असन्तुष्टहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ०८ बजे

राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

बुटवल । राष्ट्रिय जनमोर्चाले संघीयता विरुद्ध राजधानी केन्द्रीत आन्दोलन गर्ने

निर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा

भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालत उपस्थित हुने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि

सरकारी बित्तिय संस्था प्रमुखलाइ प्रतिफल दिने ठाउँमा मात्रै लगानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण

काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई