८ माघ २०८१, मंगलबार | January 22, 2025

बैतडी जिप दुर्घटना : चालकसहित ४ जना घाइते, २ को अवस्था गम्भीर



बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार  बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप  दुर्घटना हुँदा  चालकसहित ४ जना घाइते  भएका हुन् ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर  गुरधामी, बझाङकै बुंगल नगरपालिका  वडा नं ९ का ४५ वर्षीय नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया  काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएकाे छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै  गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया-६ दुदिलाखान  नजिकै दुर्घटना परेको  हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ११ : २० बजे

राष्ट्रपति ट्रम्पलाई रास्वपाको शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संयुक्त राज्य अमेरिकाका

पत्रकारितामा निरन्तर ‘चार्ज’ हुन जरुरी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक

अझैपनि हिंसा पीडित छन् दलित महिला

बर्दिया । समाजमा अझैपनि दलित महिला तुलनात्मक रुपमा बढि हिंसापीडित

पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य शर्माको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ : अध्यक्ष ढकाल

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले