११ मंसिर २०८१, मंगलबार | November 26, 2024

एकै घरका दुई दाजुभाई लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित


१३ मंसिर २०७९, मंगलबार  

4.5k
Shares

बुटवल । एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।

पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भएका छन् । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढेका छन् भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गरेका हुन् ।

राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बनेका हुन् । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरेका छन् । भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गरे । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी बनेका हुन् । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाएका थिए । स्व पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजुप्रसाद कान्छो सन्तान हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ९ : ३४ बजे

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा

नेपालगन्जमा सडकमा फोहर फाल्ने विरुद्ध शून्य सहनशिलता

नेपालगन्ज । नेपालगन्जमा जथाभावी सडकमा फोहोर फाल्नेलाई उपमहानगरपालिकाले कारबाही गर्न

‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’

काठमाडौं । काशी हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा

एनपिएलमा उत्कृष्ट हुने खेलाडीले गाडी पाउने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई