२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

राजनीति रमाइलो गर्ने ठाउँ होइन : ओली



काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन् ।

४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित गर्दै उनले कतिपय मानिसले राजनीतिलाई रमाइलोको रुपमा लिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

झापा ५ बाट अत्याधिक मतले विजयी भएपछि प्रमाणपत्र लिन पुगेका ओलीले राजनीतिमा युवाको आकर्षण नभएको भन्ने भनाइ पछिल्लो निर्वाचनको मतपरिणामले गलत साबित गरिदिएको बताए । उनले भने, ‘जानेर नजानेर वा भवितव्यले कतिपय विजयी भएका छन् । राजनीति रमाइलोको रुपमा नलिऔं, यो गम्भीर विषय हो ।’ उनले धेरैजसो स्थानमा निश्पक्ष र शान्तिपूर्ण ढंगमा निर्वाचन गराउन सफल निर्वाचन आयोग र सम्बन्धित सबैलाई धन्यवाद पनि दिए ।

सो अवसरमा उनले आम मतदाताले पनि मतदान गर्दा ख्याल गर्नु पर्ने बताए । मतदाताप्रति नै आसंका गर्दै उनले भने, ‘यसपटक मतदाताले नबुझेको हो की, हामीले बुझाउन नसकेका हौ की । मतदाता सुध्रिनु पर्ने हो की जस्तो लागेको छ ।’

उनले निर्वाचन पाँच वर्षको लागि मात्रै नभएर यसको परिणाम लामो समयसम्म रहने बताए । यही पाँच वर्षमा गलत काम भए पुस्ता पुस्तासम्म असर पर्ने उनको भनाइ छ ।

उनले मतदाताले यस निर्वाचनमा कसैलाई पनि बहुमत नदिएको बताए । मतदाताकै कारण अब फेरि सरकार गठनमा मोलतोल, भागबण्डाको खेल सुरु हुने बताए । उनले भने, ‘फेरि पनि मोलतोल, भागबण्डाको अवस्था रहने निर्वाचन परिणामले देखाएको छ । अब हरेकले आफ्नो मोल बढाउने अवस्था छ ।’ फेरि पनि सरकार बनाउन गाह्रो, बनाए टिकाउन झन गाह्रो हुने अवस्था आउने उनको भनाइ छ । यसले देश थप अस्थिरतातर्फ जाने उनले असंका गरे ।

उनले सरकार आफैँले कतिपय ठाउँमा बुथ क्याप्चर गरेको आरोप पनि लगाए । चुनाव जित्न घरमा बसेका मान्छे तानेर लगेर मार्ने काम सरकारले गरेको आरोप लगाए । उनले भने, ‘लोकतन्त्र भन्ने व्यवहारमा अपराधतन्त्र देखाउनु हुँदैन । हामी शान्ति र लोकतन्त्रमा विश्वास गर्छौ । यो हामीले कार्यान्वयन पनि गरेका छौं । लोकतन्त्र मन्त्र होइन यो जीवन पद्धति हो ।’ उनले लोकतन्त्रको पवित्रतालाई जोगान आग्रह गरे ।

कार्यक्रममा बुथ क्याप्तर र धाधली भएका स्थानमा पुनः मतदान गराउन निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ०३ बजे

राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड

‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेला कार्तिक २७ देखि ३० गतेसम्म चल्ने, यसवर्ष महाजोग

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती मन्दिरमा कार्तिक पूर्णिमाको अवसर

आशामै बित्यो पीडितको एक महिना

धुलिखेल । अविरल परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको