२८ मंसिर २०८२, आइतबार | December 14, 2025

चुनावको मौकामा दैनिक उपभोग्य वस्तुको भाउ महँगियो



काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ । सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, “पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो ।”

उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५-२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन् ।

अध्यक्ष वज्राचार्यले खाने तेलको पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको भनेर प्रतिकार्टोन ३५० देखि पाँच सय रुपियाँसम्म महँगो भएको अनुभव सुनाए । उनका अनुसार खाने तेलको मूल्य भने उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा बढ्यो भन्नेबित्तिकै पुरानो मौज्दातको समेत मूल्य बढाएर पठाएका छन् । वज्राचार्यले ठूला व्यापारीले घट्यो भन्दै महिनौँ दिनसम्म नघटाउने तर बढ्दा तुरुन्त बढाउनेलाई सरकारका नियमनकारी निकायले कारबाही गर्न सक्नुपथ्र्यो तर त्यो नसकेर नै यस्ता समस्या पटकपटक दोहोरिने गरेको बताए । सङ्घका महासचिव अमुलकाजी तुलाधरले नेपाली उद्योग र थोक बजारबाट नै मूल्य बढेर आएपछि खुद्रा व्यापारीसँग बढेको मूल्यमा नै सामान बेच्नुको विकल्प नभएको उनले बताए ।

नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको सञ्चिति कम भएको देखाउँदै विभिन्न वस्तुको आयातमा रोक लगाउने निर्णय गरेपछि मूल्य वृद्धिमा थप सहयोग पुगेको महासचिव तुलाधरले बताए । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै निर्वाचनमा केन्द्रित भएको मौका व्यापारीले हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । उनले भने, “यो बेलामा सरकारका नियमनकारी निकायको अनुगमनलाई झन् चुस्त दुरुस्त बनाउनुपर्नेमा अनुगमन निकायका कर्मचारी निर्वाचनमा खटाइँदा बजारमा कालोबजारी मौलाएको छ, बजार मूल्य मात्रै नभएर गुणस्तरमा पनि त्यत्तिकै समस्या देखिएको छ ।”

यता बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भट्टराईले विभागको अनुगमनमा खटिने अधिकांश कर्मचारी निर्वाचनमा खटिएकाले पहिलेजस्तो अनुगमन गर्न नसकिएको स्वीकार गरे ।

विभागमा उपलब्ध जनशक्तिले निरन्तर बजार अनुगमन गरिरहेको छ, विभागका अधिकांश निर्देशक तथा कर्मचारी चुनावका लागि गएका छौँ, बदमासी गर्ने व्पापारी उद्योगीलाई कारबाही हुने उनको भनाइ छ । उनका अनुसार विभागले पछिल्लो समय लत्ताकपडा, खाद्यवस्तु र खानेपानी केन्द्रित भएर अनुगमन गर्ने गरेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : ४८ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर