६ पुस २०८१, शनिबार | December 21, 2024

निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक बनाउँछौँ : वाम–लोकतान्त्रिक गठबन्धन



खोटाङ । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले निर्वाहमुखी परम्परागत खेती प्रणालीलाई प्रोत्साहन गर्दै आधुनिक प्रविधि एवं पद्धतिमार्फत व्यावसायिक खेतीमा रुपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका साझा उम्मेदवारले संयुक्तरूपमा हातेपर्चा प्रकाशन गरेर उक्त प्रतिबद्धता जनाएका हुन् ।

खेतीपाती, पशुपालन र फलफूल खेतीलाई व्यावसायीकरण गर्न पकेटक्षेत्र निर्धारण गरेर कार्यक्रम लागू गर्ने, कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आधुनिक यन्त्र, मल र बीउ, बहुउद्देश्यीय नर्सरी स्थापना गर्न समूह, सहकारी तथा कृषि फार्ममार्फत अनुदानको व्यवस्था मिलाउने र खाद्यान्न, फलफूल तथा तरकारीको उत्पादनका लागि सङ्कलन केन्द्र र शीतभण्डारण केन्द्र स्थापना गर्नाका साथै बजारीकरण र प्रशोधनको व्यवस्था गर्ने संयुक्त प्रतिबद्धतापत्रमा उल्लेख छ ।

कृषिमा जैविक ९अग्र्यानिक० उत्पादनलाई विशेष जोड दिँदै रैथाने बाली अनुसन्धान र संरक्षण गर्ने, कृषिजन्य उद्योग स्थापना तथा कृषि पर्यटनमा विशेष जोड दिने, हिउँदको समयमा सिँचाइको सुविधा पु¥याउन अग्ला ठाउँमा रिचार्ज पोखरी निमार्ण गर्ने, किसानलाई बाँदर तथा अन्य जङ्गली जनावरको आतङ्कबाट मुक्ति दिलाउन प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गरी जङ्गली जनावरबाट हुने क्षतिको पूर्ति गर्न पहल गर्ने र सहुलियतमा कृषि बीमा गर्नेलगायत बुँदा प्रतिबद्धतापत्रमा समेटिएको छ ।

गठबन्धनका उम्मेदवार तथा कार्यकर्ताले उक्त प्रतिबद्धतापत्र जिल्लाका १० वटै स्थानीय तहका मतदाताको हातहातमा पु¥यउन थालेका छन् ।

पूर्वी पहाडी क्षेत्रका अधिकांश बासिन्दा कृषिमा आधारित रहेकाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रतिबद्धतालाई निकै महत्वका साथ हेरिएको छ ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा ९१०मा नेकपा ९एकीकृत समाजवादी० पार्टीका १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ९२०मा कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका तीनै उम्मेदवार यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावी सभामा व्यस्त छन् ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा गठबन्धन र नेकपा ९एमाले०का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेबाट प्रतिनिधिसभा सदस्यमा पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद विशाल भट्टराई, प्रदेशसभा ९१०मा प्रदेश समिति सदस्य एवं संविधानसभा सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेशसभा ९२०मा जिल्लाअध्यक्ष रामप्रसाद दङ्गाल चुनावी मैदानमा उत्रेका छन् ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा ९१० मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा ९२०मा छ जना चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : २६ बजे

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने

एनपिएल विजेतालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल

देशमा क्रमशः आर्थिक-सामाजिक विकास हुँदैछ : प्रधानमन्त्री

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको