नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ४ वर्षिय बालकसँग अप्राकृतिक यौनकार्य गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राप्तीसोनारी वडा नम्बर ५ मा १७ बर्षिय किशोरले ४ बर्षका बालकलाई जबरजस्ति अप्राकृतिक यौनकार्य गरेको आरोपमा किशोर पक्राउ परेका हुन् ।
बुधबार बिहान १० बजेतिर घरमा कोही नभएको अवस्थामा ती बालकलाई जबर्जस्ती अप्राकृतिक यौनकार्य गरेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार ४ बर्षिय बालकको मलद्धार र मुखमा जवर्जस्ती यौनकार्य गरेको खुल्न आएको छ । १७ बर्षका ती युवकले ४ बर्षीय बालकलाई ललाई फकाई जबर्जस्ती करणी गर्दा बालक बिरामी परेको बताइएको छ । उच्च ज्यरोका कारण बालक उपचाररत रहेको प्रहरीले पुष्टी गरेको छ ।
पीडित बालक र ति युवकको घर संगै जोडिएको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त किशोरलाई पक्राउ गरि थप अनुसन्धानको लागी कोहलपुर पठाएको छ ।
पक्राउ परेका किशोरलाई जवर्जस्ती करणी ऐन अन्तरगत कारवाही हुने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले जनाए ।
प्रतिक्रिया