१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

मुलुकको बिकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव : पूर्व अर्थमन्त्री पौडेल



बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वकांक्षि योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मँगलबार बुटवल उपमहानगरको वडा नम्बर ११ तथा तिलोत्तमा नगरपालिकाको विभिन्न वडामा घरदैलो गर्दै यहाँको बिकाससँगै बस्ति व्यवस्थापनको विषयमा आफू सचेत र गम्भिर रहेको बताएका हुन् ।

रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट बिस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित बसोबासका लागि आफू गम्भिर रहेको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले बिकास बिरोधी र अफवाह फैलाउनेहरुका नियोजित भ्रममा नपर्न रुपन्देहीबासीआई आग्रह गरे ।

विशेष गरी बुटवलमा सुरु गरिएको महत्वकांक्षि बिकास योजना तिनाउ–दानव कोरिडोरका जनतालाई विभिन्न ढँगबाट आतंकित पार्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले कोरिडोरका नाममा कुनै पनि जनतालाई घरबार विहिन नबनाइने स्पष्ट पारे । कोरिडोर क्षेत्रमा पर्ने घर परिवारलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत बुटवलभित्रै अहिलेकोभन्दा थप व्यवस्थित र बिकास पूर्वाधारले सम्पन्न स्थानमा व्यवस्थापन गरिने बताए । जनताको ईच्छा अनुसार नै व्यवस्थापन गरिने उनको भनाई छ ।

यसैगरी मोतिपुर औद्योगिक क्षेत्रका प्रभावित जनताहरुलाई समेत व्यवस्थापन गरेर मात्रै काम अघि बढ्ने पनि स्पष्ट पारे ।

सिंगो रुपन्देहीलाई बिकासको रोलमोडलको रुपमा अगाडी बढाउने योजना अनुसार काम भएको उनले बताए । रुपन्देहीमा भौतिक पूर्वाधार तथा मानवीय बिकासका लागि विगतदेखि काम गर्दै आएको स्मरण गराउँदै उनले बिकासमा कसैले पनि राजनीति नगर्नसमेत आग्रह गरे । साझा मानसिकता र साझा प्रयासले मात्रै बिकासमा फड्को मार्ने काम सम्भव भएको उल्लेख गर्दै पौडेलले बिकास विरोधीहरुले फैलाएका अफवाहको भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे । कसैका बारेमा टिकाटिप्पणी गर्नका लागि आफूसँग समय नरहेको बताउँदै उनले जनतासँगको भेटघाट र बिकास योजनाका बारेमा छलफलमा केन्द्रित रहेको बताए ।

भौतिक पूर्वाधारको बिकाससँगै यहाँको मानवीय बिकास तथा रोजगार सिर्जना गरी अबको यात्रा आर्थिक समृद्धितर्फ रहेको उनले बताए । यहाँ बन्दै गरेका औद्योगिक क्षेत्रबाट उत्पादन वृद्धिसँगै हजारौ युवाहरुलाई रोजगार सिर्जना गर्न सकिने उनले बताए । यसैगरी कालिगण्डकी–तिनाउ डाइभर्सन गरी हजारौं विगाह जमिनलाई सिंचित गरी कृषि उत्पादनमा वृद्धि, जलविद्युत आयोजना निर्माण, धार्मिक तथा पर्यटकी सम्भावना बोकेका क्षेत्रहरुको बिकास आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

आगामी मंसिर ४ गते हुने निर्वाचनपछि मुलुकको नेतृत्व जनताले नेकपा एमालेलाई सुम्पिने बताउँदै उनले आगामी बिकास योजनाका बारेमा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । मुलुकको बिकास र समृद्धि एमाले पार्टीबाट मात्रै सम्भव भएको दाबी गर्दै उनले आउने निर्वाचनमा सूर्यमा मतदान गर्नका लागि जनतासमक्ष आग्रह गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ४१ बजे

नेपाल संवतको पहिलो दिन तिलोत्तमामा मोटरसाइकल र्याली

बुटवल । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा रुपन्देहीको तिलोत्तमामा भिन्तुना

कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि,

देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त