२८ मंसिर २०८२, आइतबार | December 14, 2025

भुर्की पुजन गर्दै मधेशमा मनाइयो तिहार



नेपालगन्ज । बाँकेलगायत पश्चिमी मधेशमा बिहीवार ‘भुर्की पुजन’ गरेर तिहर पर्व मनाएको छ । मधेशी समुदायमा कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने परम्परा रहेको छ ।

भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गरेर ‘भुर्की पुजन’ गर्दै दिदीबहिनीले दाजुभाइलाई च्युरा भुर्की खुवाएर टीका लगाईदिन चलन छ ।

च्युरा भुर्की खाएर टीका लगाएपछि दाजुभाइले दिदीबहिनीलाई नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा दिने गर्दछन् ।

मधेसमा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने विश्वासको रुपमा यो पर्व मनाउने गरिन्छ । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधिदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन भुर्की पुजन गरि दाजुभाईलाई पुज्ने गरिन्छ ।

सत्ययुगमा राजा बलिका बहिनी गंगा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ५ : ४१ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%