१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

आज गाई तिहार



काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी तिहार मनाइँदै छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको प्रचलन हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ ।

विशेष गरि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ ।

गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ६ : ४३ बजे

चाडपर्व एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण आधार हुन् : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार तथा नेपाल संवत्

धन कमाउने अचम्मैको बाटो बनेको तिब्बती पठारको अंगुर खेती

साङ्ग्री जिल्लाको एउटा अंगुरबगैंचामा, हरिया र बैजनी अंगुरले भरिएका पङ्क्तिबद्ध

नेपाल संवत् आयातित हैन, नेपाली माटोको संवत् हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको

माधव नेपाल भेनेजुयला जाँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री

म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री