२८ मंसिर २०८२, आइतबार | December 14, 2025

क्वारेन्टिन बनाउन दुई दर्जन होटल तयार



पोखरा । विदेशबाट नेपाल फर्कने नागरिकलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गम्भीरता अपनाउनुपर्ने माग गरी पश्चिमाञ्चल होटल संघ (हान) पोखराले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

पोखराका दुई दर्जन होटलको नाम क्वारेन्टिनका लागि स्वीकृतिसहित नौबुँदे ध्यानाकर्षणपत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

उक्त पत्रमा पाहुना आउनुपूर्व स्वास्थ्य परीक्षण गर्नुपर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तिलाई मात्र होटेलमा राख्ने व्यवस्था गरिनुपर्ने तथा तिनको नियमित स्वास्थ्य जाँच गरिनुपर्ने माग पनि गरिएको छ ।

होटलको नामावली हानबाट प्रदान गरिए तापनि आवश्यक मापदण्ड अपनाई वर्गीकरण गरेर छनोट गर्नुपर्ने जनाइएको छ । यसैगरी सरकारले क्वारेन्टिनमा प्रयोग हुने होटलमा स्थानीय बासिन्दाबाट आउन सक्ने अवरोध सौहार्दपूर्ण वातावरणमा हटाउनुपर्ने र स्थानीयस्तरमा फैलन सक्ने संक्रमणको जिम्मा लिनुपर्ने विषयलाई समेटिएको छ ।

हालको अवस्थामा धेरैजसो होटल बन्द रहेका र कर्मचारी पनि बिदामा रहेकाले पाहुना आउनुभन्दा कम्तीमा चार दिनअगावै हान वा होटेल प्रतिष्ठानमा जानकारी गराइदिनुपर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा सुरक्षा, स्वास्थ्यलगायत विषयमा स्पष्टता र होटलका कर्मचारीलाई तालीमको व्यवस्था गरिनुपर्ने माग गरिएको छ ।

कुनै एक होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछि मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्नेका साथै भुक्तानीको अवस्थाका बारेमा अग्रिम जानकारी हुनुपर्ने हानले जनाएको छ ।

होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्री सर्वसुलभ रुपमा उपलब्ध गराइनुपर्ने तथा पाहुना अनुशासित र सुरक्षित तवरमा रहनका लागि कोठाभन्दा बाहिर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनुपर्ने माग पनि हानले गरेको छ ।

होटललाई क्वारेन्टिन बनाइसकेपछि विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार पूर्णरुपमा निर्मलीकरण गरी भविष्यमा सहज रुपले व्यवसाय सञ्चालन गर्न स्वास्थ्य कार्यालय, महानगर वा पर्यटन विभागबाट निर्मलीकरणको प्रमाणीकरण स्टिकर टाँस गरिनुपर्ने माग हानको छ ।

क्वारेन्टिनका रुपमा प्रयोग गर्दा कोठादर प्रतिव्यक्तिका लागि रु दुई हजारदेखि रु १२ हजार र दुई जनाका लागि रु तीन हजारदेखि रु १४ हजार प्रस्ताव गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल युरोप, अष्ट्रेलिया र अमेरिका महादेश तथा एशियाका जापान, चीन, मलेसिया, दक्षिण कोरिया, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्ति आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेकाले होटललाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न लागिएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ६ : १६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई