२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

रोल्पा बम बिस्फोटबाट मृत्यु भएकाको परिवारबाट आन्दोलनको घोषणा



रोल्पा । गत बैशाख १८ गते रोलपाको त्रिवेणीमा बेवारीसे बम बिस्फोटमा परि मृत्यु भएकाको परिवार आन्दोलित भएकाछन् । बम बिस्फोटबाट मृतकको परिवारले राहत नपाएको र घटनाको निश्पक्ष छानवीन समेत नभएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

उनिहरूले आइतबार संघर्ष समिति गठन गर्दै स्थानीय त्रिवेणी गाउँपालिका कार्यालय रोल्पालाई ज्ञापनपत्र समेत बुझाएका छन् । घटनाका घटेको एक महिना सम्म पनि पिडितले न्याय नपाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

घटना लगत्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीले दिएको आश्वासन कार्यान्वयन नभएको भन्दै बुझाईएको ज्ञापन पत्रको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बुटवल, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रोल्पा लाई बोधार्थ दिइएको छ ।

यसअघि त्रिवेणी गाउँपालिका र वडा कार्यालयमा निवेदन दिए पनि पनि बेवास्ता गरिएकोले आन्दोलनमा उत्रिनु परेको उनिहरूले बताए ।

माओवादी सशस्त्र युद्धकालको बम विस्फोटवाट मृत्यु भएका बालबालिकाहरुलाई सामान्य गाडी दुर्घटनामा मृत्यु भएसरी व्यवहार गरिएको त्रिवेणी गाउँपालिका सदस्य गीता नेपालीले बताइन् ।

घटना भए लगत्तै प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी स्वयं घटना स्थल पुगेर सत्यतथ्य पत्तालगाउने र पिडीतहरुलाई न्याय सहित क्षतिपुर्ती दिने आश्वासन दिएर फर्केका थिए ।

मृतक चार जनालाई बालसहिद घोषणा गर्नुपर्ने, अन्य सहिदले पाए सरहको सेवा सुविधा तथा अन्य क्षतिपूर्ति दिनुपर्ने, घटना जुनसुकै पक्षबाट भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकाको सार्वजनिक स्थलमा चारै जना बालबालिकाको शालिक सहित सहिद स्मारक बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रममा जेठ ३० गते धर्ना जुलुस गर्ने, असार ५ गते तालाबन्दी गर्ने र असार १० गतेदेखि अनसन बस्ने सम्मका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक कृष्ण नेपालीले बताए ।

घटना बारे छानविन गर्न समिति गठन भएको भनिए पनि अहिले सम्म समितिले स्थलगत अवलोकन समेत गरेको थाहा नपाएको नेपालीले बताए । छानबिनको सुस्तताले आफुहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको उनले बताए ।

गत वैशाख १८ गते बेलुका रोल्पा त्रिवेणी गाउँपालिका ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरबोटमा बेवारिसे बम बिस्फोट हुदा बाख्रा चराउन गएका १५ वर्षीय नोखिराम डागी, १३ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला केसी र ५ वर्षीय विजय केसीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : ३७ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको