१६ कार्तिक २०८१, शुक्रबार | November 1, 2024

रुपन्देही क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत हटाउन गठबन्धनको माग



भैरहवा । सत्ता गठबन्धनमा आबद्ध दलहरुले रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उनको ठाउँमा अन्य अधिकृत खटाउन माग गरेका छन् । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।

बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली काँग्रेका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरेका हुन् ।

उनीहरुले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदासमेत त्यसको बेवास्ता गरि क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् । यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।

दलहरुले बुझाएको ज्ञापन पत्रमा बृद्धाभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र ? मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम गर्न निर्वाचन आयोगलाई मिल्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।

दलहरुले क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नेपाली राष्ट्रिय सभा अध्यक्षका निजी सचिवालयबाट आएकाले उनले गराउने निर्वाचन निष्पक्ष हुनेमा शंका गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, ‘उनकोे निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उनकोे स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’

ज्ञापन पत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समास्या समाधानमा आफ्नातर्फबाट सहजीकरण हुने जनाए ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ४२ बजे

रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा नेवाः समुदायको सांस्कृतिक सङ्ग्रहालय निर्माण

‘कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

रोकिएन उपत्यकामा पटका पड्काउने क्रम

काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने

युवायुवती विदेशिँदाको असर देउसीभैलोमा देखिन थाल्यो

म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको