४ बैशाख २०८२, बिहिबार | April 17, 2025

धुमधामका साथ भइरहेको बालविबाह रोकियो



सोलुखुम्बु । थुलुङदुधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविबाह रोकिएको छ ।

आइतबार तामझामका साथ दुलहीको घरमा जन्ती आएको सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष भुपालसिंह राईले बताउनुभयो ।

वडाध्यक्ष राईका अनुसार लोखिमका एक १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइ बुझाइ विवाह रोकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिता २०७४ मा २० वर्ष नपुगी मञ्जुरीमा नै विवाह गरिए पनि त्यो कानुन विपरीत मानिन्छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १० : १३ बजे

एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख

बिस्काःसगुन जात्रा सम्पन्न

भादगाउँ । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं

धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु

म्याग्दी । धौलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण

देशमा आज स्थानीय, पश्चिमी र न्यूनचापीय वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहनका

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई