१ कार्तिक २०८१, बिहिबार | October 17, 2024

राष्ट्रपति भण्डारीले लगाइन गुरूहरूको हातबाट टीका



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छिन् ।

बडादसैँ २०७९ को अवसरमा राष्ट्रपति भण्डारीले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछिन् ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १ : ०२ बजे

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

सुनसरी । इटहरी उपमहमनगरपालिका-६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

तनहुँ । यहाँको आँबुखैरेनी गाउँपालिका-१ का महिला सयपत्री फूल उत्पादनमा

मन्थलीका होटल भरिभराउ

रामेछाप । शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो ।

धवलागिरिमा अस्ताए रुसी आरोही

म्याग्दी । “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको