२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

रुकुम पश्चिम घटना जातीय पनि होईन सुनियोजित पनि होईन : वरिष्ठ पत्रकार किशोर नेपाल (भिडियोसहित)



बुटवल । पश्चिम रुकुम घटनाको विषयमा स्थलगत अध्ययन गरेर फर्कनुभएका वरिष्ठ पत्रकार किशोर नेपालले रुकुम पश्चिमको घटनालाई जातीय कुरा जोडेर ब्याख्या गर्न नहुने बताउनु भएको छ ।

नेपालले विवाह पक्षपनि जातीय आधार बोकेर विवाह गर्न नगएको र आक्रमण गर्नेहरुले पनि जात हेरेर आक्रमण नगरेको बताउँदै घटनालाई जातसँग जोडेर हेर्नु गलत भएको बताउनु भयो । “घटनामा मृत्यु हुने र घाईतेहुने गैर दलित पनि छन्, जात हेरेर आक्रमण भएको छैन”, पत्रकार नेपालले खबरकुराँग भन्नु भयो । वरिष्ठ पत्रकार नेपालले रुकुम घटनालाई सुनियोजित नभएर आकस्मीक घटना भएको बताउँदै घटना जघन्य अपराधिक भने भन्न सकिने बताउनुभयो ।

राज्यले संलग्नहरुलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेकाले अनुसन्धानलाई प्रभाव पार्ने गरि कसैले टिप्पणी गर्न नहुने पत्रकार नेपालको भनाई छ । अनुसन्धानमा सक्रिय देखिएपनि राज्यले पीडितको परिवारलाई आश्वस्त पार्न नसकेको बताउँदै उहांले पीडित पक्षको संवेदनामा राज्य गम्भिर बन्न नसकेको टिप्पणी गर्नुभयो । पीडित पक्षको घाउमा मल्हम लगाउने विषयमा राज्य चुकेको पत्रकार नेपालको ठहर छ ।

नेपाल सहितको पत्रकार टोली रुकुम घटनाको स्थलगत अध्ययन गरी आइतबारै काठमाडौं फर्किएको छ ।

प्रेममा परेका नवराज विकले प्रेमीका भगाउन साथीहरुसहित लिएर केटी पक्षको घर पुग्दा आक्रमणमा परि नवराज सहित ६ जनाको मृत्यु भएको थियो । भेरी नदीबाट मृत अवस्थामा गोताखोरहरुले ६ जनाको शव निकालेका थिए । आफ्ना सन्तानहरुलाई हत्या गरेर भेरीमा फालेको मृतकका आफन्तले आरोप लगाउँदै आएकाछन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ६ : २५ बजे

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको

चार वटा तार उद्योगको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति