२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सशस्त्र प्रहरीलाई गृहसचिव सिंहको निर्देशन– आगामी निर्वाचन भयरहित र शान्तिपूर्ण बनाउन भूमिका खेल्नुहोस्



काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभन भयरहित वातावरणमा सम्पन्न गर्नेगरी वातावरण बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भुको बुधबार निरीक्षण गर्दै उनले यस्तो दिर्नेशन दिएका हुन् ।

उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीका बारेमा जानकारी लिएका थिए । सशस्त्र प्रहरी बल नेपालले सिमित श्रोतसाधनको बाबजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरूको सुधारको लागि समयानुकुल बन्दोवस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको उनले बताए ।

सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए ।

सो क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आमनागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहेको बताए ।

उनले आगामी निर्वाचन पनि भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सम्पूर्ण तयारी गरिएको बताए । जुन सुकै परिस्थितिमा पनि आमनागरिकको सेवा, सुरक्षा र उद्धारमा परिचालित हुने उल्लेख गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ३० बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको