२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

फेवातालमा महानगरको नजर, भत्काउला ५०० घर टहरा ?



पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन दिएको हो ।

यदी धनी आफैँले नहटाए १ सातापछि महानगरपालिकाले हटाउने चेतावनी दिएको छ । मेयर धनराज आचार्यसहितको टोलीले ताल किनारको अवलोकन गरी मापदण्ड कार्यान्वयन गर्ने र अवैध संरचना भत्काउने चेतावनी दिएर फर्किएको छ ।

यसअघिका जनप्रतिनिधिले पनि पटक पटक डोजर लगेर भत्काए पनि रातारात संरचना बन्न छोडेका छैनन् । अहिले पनि ताल अतिक्रमण गरेर संरचना बनिरहेका छन् । फेवाको मापदण्ड ६५ मिटर छ । अघिल्लो जनप्रतिनिधिको अन्तिम समयमा मापदण्ड घटाएर ३५ मिटरमा झारिएको थियो । २०७८ चैतमा मापदण्ड घटाउने निर्णय गरेपछि महानगरको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो । अदालतले तत्कालका लागि ६५ मिटर नै मापदण्ड कायम गर्न अन्तरिम आदेश दिएको छ ।

मेयर आचार्यले ६५ मिटरलाई नै आधार मानेर संरचना हटाइने बताए । ‘मुद्दा विचाराधीन भएकोले अहिलेको मापदण्ड ६५ मिटर नै हो । भोलि फरक निर्णय आए सोहीअनुसार गरौंला,’ उनले भने, ‘रातारात बनेका संरचना हट्छन् ।’ उनले भने झैं संरचना हटाउन भने सजिलो छैन । यदी महानगरले आँट गर्ने हो भने तत्कालै ५००भन्दा बढी स्थायी र अस्थायी संरचना हटाउनुपर्छ ।

महानगरले डेढ वर्षअघि गरेको एक अध्ययनअनुसार तालको ६५ मिटर मापदण्ड भित्र ५०० भन्दा बढी घरटहरा निर्माण भएको उल्लेख छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरु अस्थायी छन् ।

३५ र ६५ मिटर मापदण्डको छुट्टाछुट्टै प्रतिवेदन बनाएर महानगरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । जहाँ ८ तले पक्की भवनदेखि साना टहरासम्म पर्छन् । त्यतिमात्रै होइन, तालको पानीभित्र डेढ सय रोपनी जमिन व्यक्तिको नाममा छ । १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको प्रतिवेदन बनाइएको छ ।

तालको सीमाभित्र भने एक हजार ६१० रोपनी जमिन व्यक्तिको नाममा छ । फेवातालको सीमांकन गर्नका लागि संघ सरकारले २०७७ कात्तिकमा कास्की जिविसका तत्कालीन सभापति पूण्य पौडेलको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो ।

उक्त समितिले फागुन २ गते नयाँ सीमाना सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । समितिको प्रतिवेदन अनुसार तालको सीमाना पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी र चंखपुरबीचको दम्किलो तथा दक्षिणमा रानीवन कायम गरिएको छ । जसअनुसार फेवाताल अव ५।७२६ वर्ग किलोमिटर ठूलो भएको छ । सोही समितिले फेवाको गुरुयोजना पनि बनाएर सरकारलाई दिएको छ ।

महानगरको रिपोर्टमा भने ताललाई पूरानै स्वरुपमा लैजानका लागि ६५ मिटर मापदण्ड कायम गर्दा ३४ अर्व मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ । मालपोत मुल्यांकन अनुसार न्यूनतम १० अर्व र चलनचल्तीको मुल्य दिए ३४ अर्व लाग्ने अनुमान छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : २९ बजे

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीन । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्