२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

बुटवलमा बजाजको नया स्पोर्टी बाईक लन्चसंगै एक्सचेन्ज महाकुम्भ



बुटवल । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित गरि विभिन्न योजना शुरु गरेको छ ।

स्पोर्टी लुक्स खोज्ने ग्राहक केन्द्रित नया बाईक लन्चसंगै सागितिक कार्यक्रमहरुमार्फत देशब्यापी कार्यक्रम चलाएको छ । चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाई र हास्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम शनिबार बुटवलमा हुने रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिका संचालक कपिल खड्काले शुक्रबार पत्रकार सम्मेलन गरि बनाए ।

‘स्पोर्टी लुक्सको बजाज पल्सर एनएस १ सय २५ सिसि नया बाईक लन्च गर्दैछौ ।’-उनले भने । तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी बाईक भएको उनले बताए ।

विश्वब्यापी रुपमा वातावरण जोगाउने मापदण्ड बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । युवा र संगितलाई जोडेर प्रचार गरिएको उनले बताए ।

पुर्व ईटहरीबाट १३ तारिकमा शुरुभएर बुटवलमा शनिबार गरिदै आएको छ । यसैगरि असोज १ गते विश्वकर्मा पुजाको दिन बुटवलमा सागितिक कार्यक्रमसहितको लन्चिङ कार्यक्रम गर्न लगेको उनले बताए । आकर्षण लुक्ससंगै ईकोनोमी बाईक भएको उनले बताए । बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

कार्यक्रममा हंसराज हुलास चन्द एण्ड कम्पनी बजाजको सेल्स रिजनल अफिसर प्रकाश शर्मा मरासिनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना समेत ल्याएको बताए ।

जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा रहेको छ । यस योजना अन्तर्गत हरेक बाईकको खरिदमा सात हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे सवारीसाधनहरु बिक्रीवितरण हुदै आएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : २८ बजे

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीसहित शिर्ष नेताहरुले सम्बोधन गर्दै

बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा तीन बालबालिका सहित ६ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकाको हडसन नदीमा भएको हेलिकप्टर दुर्घटनामा परी तीन

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चीन । चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी