२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता



काठमाडौ । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ।

नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका मुख्य वितरकहरुको उपस्थितिमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए। सम्झौता हस्ताक्षरसँगै युनिलिभर नेपालले आफ्ना तीनजना वितरकलाई च्यानल फाइनान्सिङ सुविधाका लागि सिफारिसपत्रमा पनि हस्तान्तरण गरेको थियो ।

यसअन्तर्गत युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनरका रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउनेछन्।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत च्यानल प्रिन्सिपलले आफ्ना वितरक, डिलर र रिटेलरहरुलाई सामान बिक्री गरेको बिलबराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुनेछ। यसका साथै व्यवसायीहरुका लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई कर्जा पनि उपलब्ध हुनेछ।

युनिलिभर नेपालसँग सहकार्यका बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानल फाइनान्सिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए।

 

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १ : ५९ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई