२८ मंसिर २०८२, आइतबार | December 14, 2025

ग्लोबल आइएमई र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जा सम्बन्धि सम्झौता



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवन जिल्लाका विभिन्न स्थानमा उन्नत जातका गाई तथा र्भैसी पालन गरी दुध तथा दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने कृषकहरुलाई सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

उक्त अवसरमा ग्लोबल आइएमई बैंकले स्थानीय किसानहरुलाई डिजिटल बैंकिङ्ग सेवाको मूलप्रभावमा जोड्न वित्तीय साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रममा तीन सय बढी स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ५ : ५८ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%