२७ कार्तिक २०८१, मंगलबार | November 12, 2024

सात दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोहरूलाई काठमाडौं महानगरको सूचना



काठमाडौं । काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५/७६ देखि कर तिरेका छैनन् ।

महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका छैनन् ।

सात दिनभित्र कर नतिर महानगरपालिकाको राजस्व ऐन, ०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गरिने जनाएको छ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ५ : २४ बजे

हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकामा आज सार्वजनिक बिदा

पाल्पा । हरिबोधिनी एकादशीको अवसरमा रामपुर नगरपालिकाले आज सार्वजनिक बिदा

‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’

काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा, कतै-कतै हिमपात

काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौं । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले