२८ मंसिर २०८२, आइतबार | December 14, 2025

इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन



एजेन्सी । इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ । करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ (ईयू) र नेटोको समेत विरोध गरे ।

कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले  केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा तटस्थ हुनुपर्ने र रुसलगायतका ग्याँस आपूर्तिकर्ताहरूसँग प्रत्यक्ष सम्झौता सुनिश्चित गर्नुपर्ने माग गरे । प्रदर्शनमा करिब ७० हजार प्रदर्शनकारीको सहभागिता रहेको पहरीले अनुमान गरेको छ ।

‘हाम्रो प्रदर्शनको उद्देश्य परिवर्तनको माग गर्नु हो । बिजुली र ग्यासको समस्या समाधान गर्नु हो । यसले हाम्रो अर्थतन्त्रलाई शरद ऋतुमा ध्वस्त पार्छ’ कार्यक्रमका सह–आयोजक जिरी ह्याभेलले भने ।

सरकारले विश्वासका मत लिएको एक दिनपछि सरकारविरोधी विशाल प्रदर्शन भएको हो । विपक्षीले मुद्रास्फीति र ऊर्जाको मूल्यमा सरकार निष्क्रिय भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १ : ३९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर