२८ मंसिर २०८२, आइतबार | December 14, 2025

करेन्ट लागेर एक जनाको मृत्यु 



खोटाङ । लघु जलविद्युत आयोजनाको करेन्ट लागेर खोटाङमा एकको मृत्यु भएको छ । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर शनिबार जम्पर जोड्ने क्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।

तर, अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुट्याइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।

मृतकका श्रीमती र चार सन्तान छन् । विद्युत गृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्ने गरेका थिए । बिना सेफ्टी विद्युत मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १ : ३६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%